प्रचण्डको कुल सम्पत्ति कति छ ? यो हेर्नुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रमुख राजनीतिज्ञमध्ये एक हुन्। गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा रहँदै आएका छन्।१० वर्षे शसस्त्र द्व,न्द्वको नेतृत्वकर्ता प्रचण्ड विदेशमा चिनिएका नेपाली नेताभित्र पर्छन्। उनी वि.सं. २०११ साल मंसिर २६ गते कास्कीमा जन्मिएका थिए। पछि उनको परिवार चितवन सरेको थियो।

यहाँ हामी प्रचण्डको सम्पत्ति विवरणबारे जानकारी दिँदैछौं। प्रचण्डले प्रधानमन्त्री भएका बेला २०७३ साल मंसिरमा सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।

त्यसबेला उनी पूर्वप्रधानमन्त्री शुसिल कोइरालापछिका सबैभन्दा गरिब प्रधानमन्त्री देखिएका थिए। प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरिएको थियो । त्यो पनि स्वआर्जन नभएर पैतृक भनिएको थियो।

वि.सं. २०७५ साल जेठ महिनामा खानेपानी मन्त्री बनेका बेला प्रचण्डकी बुहारी बीना मगरको सम्पत्ति विवरण सार्वजनिक गरेकी थिइन्। उक्त सम्पत्ति विवरणमा बीनाले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी थिइन्।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको थियो। तर, चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको थियो।

यस्तै सीता दाहालको नाममा भारतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको थियो। यस्तै ५ तोला सुन र १६ तोला चाँदी पैतृक सम्पत्ति रहेको बीनाको सम्पत्ति विवरणमा जनाइएको थियो।

यसबाहेक बैंक खाता रहेपनि कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको थियो। त्यस्तै, बैंक तथा वित्तीय संस्थामा शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख थियो।

Post a Comment

Previous Post Next Post