सल्यान बस दु’र्घटना : १२ जनाकाे मृ'त्यु हुनेको पहिचान खुल्याे (नामावली सहित)

सल्यानमा यात्रुबाहक बस दु'र्घ'ट'ना हुँदा १२ जनाको मृ'त्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छु'टेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दु'र्घ'ट'ना भएको हो ।

मृ'त्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घो'राही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्र'हरीले जनाएको छ ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घा'इ'तेमध्ये १३ जनालाई थप उ'प'चा'रका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आठ जनाको घ'ट'ना'स्थलमै ज्या'न गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट २०० मिटर तल ख'सेको थियो ।

Post a Comment

Previous Post Next Post