रुनु पनि फाइदा छ, यी हुन् रुँदा हुने फाइदाहरु

रुनु प्राकृतिक कुरा हो । कुनै पीडा भए वा कुनै चोट लागेमा मानिस नचाहँदा नचाहँदै पनि रुन्छ । तर सामान्यतया मानिस दुख, पीडा परेपछि मात्र रुने गर्छन् । कहिलेकाहीँ खुसी हुँदा पनि मानिस स्वतः रुन पुग्छ । तथापि रुनु समाजले राम्रो मान्दैन । यसले कमजोर बनाउने सामाजिक मान्यता छ । तर स्वास्थ्यको दृष्टिले भने रुनु लाभदायी मानिन्छ ।

चिकित्सकका अनुसार रुँदा स्वास्थ्यलाई असर गर्दैन । रोएपछि तनावमुक्त र हलुका महसुस हुने चिकित्सक बताउँछन् । यदि स–साना कुरामा पनि मानिसको आशु झर्छ भने यसले मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउँछ । तर तनावमा हुँदा पनि मानिसको आँसु आएन भने व्यक्ति शारीरिक र मानसिक रूपले अस्वस्थ रहेको बुझिन्छ ।

यी हुन् रुँदा हुने फाइदा

  • तनाव कम हुने
  • रिस कम हुने
  • प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने
  • कीटाणु हटाउने
  • आँखाको शक्ति बढ्ने
  • विषाक्त पदार्थ बाहिर निस्कने

Post a Comment

Previous Post Next Post