मुस्ताङमा हेर्दाहेर्दै हिमपहिरो गयो,भागम भाग हुँदा यतिसम्मको क्ष ति भयो (भिडियो हेर्नुस्)


मुस्ताङको कोवाङमा भीषण हिम प हिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले हामीलाई बताए। मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको प्रजिअ शर्माले बताए। उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ। हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

हिमपहिरोले मानवीय त्रास बढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए।हिमपहिरोको छर्रा र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको शिक्षक प्रकाश सुवेदीले बताए। उनका अनुसार भागाभागको क्रममा लडेर ६ जना विद्यार्थी घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम झार्ने तयारी भएको छ। ‘हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा विद्यार्थी डराएका हुन्,’ उनले भने। हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post