बिहान दीर्घायुको कामना गरेर भाइटीका लगाईदिएको सोही रात तीन भाइहरुको भयो एकै चि;हान


यमराजको नजर नपरोस् भन्ने शुभकामनासहित दिदीबहिनीहरुले कात्तिक २० गते बिहान ११:०२ बजेको साइतमा भाइटीका लगाइदिए । चेली–माइतीको भेटघाट, खुशीयाली र एकापसमा हार्दिकता साटासाट गर्दै छुट्टिएका तिनै माइती सोही रात यमराजको नजरमा पर्दा कसको मन नदुख्ला र 

भाइटीकाकै दिन तीन जनाको ज्या'न जानेगरी मकवानपुरमा दुईवटा घटना भएका छन् । भाइटीकाको रात हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीस्थित सडक किनारमा द्यौसी–भैलोसहित सांस्कृतिक कार्यक्रममा सरिक दुईजना युवाको सवारी दु'र्घ'ट'ना'बाट ज्या'न गएको छ भने अर्का २८ वर्षका युवा मनहरी गाउँपालिका ६ मा सोही रात हात्तीको आ’क्र’म’णबाट मा’रि’एका छन् ।

गौरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३६ नम्बरको रात्री बसले हेटौँडा १९, नेवारपानीमा विपरित लेनमा पुगेर सांस्कृतिक कार्यक्रममा रमाइरहेको समूहलाई कु’ल्चे’को हो । सो क्रममा हेटौंडा १९, नेवारपानी निवासी २० वर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भयो । अन्य ८ जना घाइते हेटौँडा र चितवनका अस्पतालमा उपचार गरी घर फर्केको प्रहरीले जनाएको छ ।

घटनापछि आ’क्रो’शित स्थानीयले बसमा आ’ग’ज’नी गरेका थिए भने सावधानीपूर्वक बसका चालक रौतहट जिल्ला चन्द्रपुर ५ का अमितकुमार कार्कीलाई नियन्त्रणमा लिइएको छ । चालक कार्कीले मा’द’क प’दा’र्थ से’व’न गरी अनियन्त्रित ढंगले बस चलाएको स्थानीयको आरोप छ । तर स्वास्थ्य जाँच गर्दा मा’द’क प’दा’र्थ से’व’न ग’रे’को नपाइएको प्रहरीले बताएको छ ।

Post a Comment

Previous Post Next Post