३२ बर्षिया महिलाद्धारा आफ्नै घाँ’टी रे’टेर आ’त्मह’त्या, कारण थाहा पाउँदा मन थाम्न सक्नुहुन्न


वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी एक ३२ बर्षिया नेपाली महिलाले आफ्नै घाँ’टी रे’टे’र आ’त्मह’त्या गरेकी छन् ।बेसिशहर नगरपालिका ५ नाल्म लमजुङ घर भएकी मनमाया गुरुङले गत ३ नोभेम्बर (बुधबार) 

आफ्नै निवासको शौचालय (बाथरुम)मा घाँ’टी रे’टे’र आ’त्मह’त्या गरेकी हुन् ।लामो समयदेखि कुवेतमा कार्यरत मनमायाले शौचालयको ढोका बन्द गरेर आ’त्मह’त्या गरेकी थिइन् । सबैजना सुतेको मौका छोपेर रातको करिब ३ बजेको समयमा घटना घटेको हुन सक्ने बताइएको छ ।

बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी कोहि पसेको छ भनेर हल्लीखल्ली हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज नआएपछी बाथरुमको भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा उनलाई रग’ताम्य अवस्थामा लडिरहेको देखेपछि फायर ब्रिगेड र प्रहरीलाइ खबर गरिएको त्यहि फ्लाइटमा बस्ने नेपालीहरुले बताएका छन् ।

मनमायाको शव लगभग साढे ५ बजे फायर ब्रिगेड आएर ढोका फो’डेर उठाएको थियो । पछिल्लो समयमा उनी कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन् ।

घटना सम्बन्धमा सोधपुछ तथा अनुसन्धानका लागि सोही फ्ल्याटमा बस्ने ओम गुरुङलाइ प्रहरीले लगेर गएको र सामान्य सोधपुछ पछि फर्केका छन् । घटना बारे नेपाली दूतावासमा जानकारी आइसकेको र उनको शव छिट्टै नेपाल पठाउन प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post