सुरविर पण्डित ‘दारी बा’लाई पितृ शोक


सुरविर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् ।

कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद पण्डित हो । विसं २०४३ देखि नियमित कलाकारितामा रमाउँदै आएका उनी समकक्षीको तुलनामा धेरै पछि छन् । त्यसैले पनि उनी अहिले पनि भन्छन् कलाकारिता पेसा बनाउने कोसिसमै छु ।

सङ्ख्याले ५० भन्दा बढी टेलिसिरियल र ४० माथिका फिल्म र एक सय हाराहारीका म्युजिक भिडियोमा अभिनय गरेका पण्डित आर्थिक रूपले धेरै पछि परेका छन् । त्यसैले पनि होला उनी मोटरसाइकल चढ्दा सीधा बाटो डोर्याउँछन्, ओरालो स्टार बन्द गरेर चढ्छु । यसो गर्नु आफ्नो बाध्यता भएको बताउने उनी आफू डिमान्डेट र पपुलर कलाकार गुनासो पोख्छन् 

कलाकारिताकै कारण केही समय अगाडि उनको मृत्युको झुटो खबरसमेत फैलिएको थियो । ‘मेरी बास्सै’मा मृत्युको अभिनय गरेका कारण उक्त खबरको सामाना गर्नुपरेको उनी बताउँछन् । भन्छन्, ‘झुटो खबरले मेरो मृत्युको पछि आफन्त कति विछिप्त हुन्छन्, आतिन्छन् जिउँदै अनुभव भयो ।

दाह्री बा’ लाई पितृशोक – कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पारिवारिक शोक भने परेको छ ।

उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए ।

उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकिएको परिवारले जनाएका छन् ।

Post a Comment

Previous Post Next Post