घरमा २ श्रीमती फेरि मलेसियाबाट फर्किदा कान्छी लिएर आए पछि(भिडियो हेर्नुहोस्)


मोरङकि एक महिला जस्को बिबाह भएको १३ वर्ष बिति सक्यो । उनका दुई छोरा पनि छन । तर श्रीमानले अहिले लगातार दुई वटा सौता ल्याए पछि आफुलाई घरमा कुटपिट गर्दै घर निकाला गरेको भन्दै अहिले मिडियामा आएकी छिन । कुटपिट गरेपछी भने उनका श्रीमान फरार रहेका छन ।

 पीडित महिलाका अनुसार उनका श्रीमान पहिले पनि वैदेशिक रोजगारीमा जाने आउने गर्दा नै आफुसग कुनै सम्पर्क नगर्ने गरेको उनले बताएकी छिन । अहिले पनि उनी त्यस्तै सम्पर्क बिहिन भएको बताइन ।

करिव ५ वर्ष अघि पनि वैदेशिक रोजगारीमा मलेसिया गएर फर्किदा उनका श्रीमानले एक जना राई थरकि महिलालाई लिएर आएको उनले बताईन । त्यतिबेला पनि विवाद भएपछी कुरा जिल्ला प्रशासनसम्म पुगेर त्यहा आफुले सौता स्वीकार गरि मिलापत्र गरेर घर आएको बताईन । तर घर आए पछि पनि आफुलाई विभिन्न तनाव दिने गरेको उनले बताईन । 

त्यही बिबादका बिच उनका श्रीमान ती महिलालाई लिएर गाईघाट बस्दै आएका थिए । त्यहा ति राई थरकी महिलाले आत्माहत्या गरे पछि श्रीमान अर्कै मगर थरकी महिला लिएर पुन फरार भएको उनले बताईन ।

त्यसरी एक पछि अर्को गर्दै श्रीमानले सौता लिएर फरार भए पछि यता घरमा आफुलाई सासू ससुरा, नन्द, आमाजु लगायतले विभिन्न मानसिक तनाव दिने गरेको उनले बताएकी छिन । कहिले तैले गर्दा छोरा हरायो भन्ने त कहिले दाइजो नल्याएको भन्दै आफुलाई कुटपिट गर्ने गरेको उनको भनाई छ । त्यस पछि भने आफू त्यहाँ बस्न नसकेर माइती आइ बसेको उनले बताईन । आफू घर बाट हिडे पछि भने देवरले जाडरक्सी खाई सासुससुरालाई कुटपिट गर्न थाले पछि अहिले एक वर्ष यता आफुले सासुससुरालाई पनि सगै राखेर बसेको बताईन 

आफुले नै सासुससुरालाई पालेर राख्दा पनि कहिल्यै आफुलाई राम्रो ब्याबहार नगरेको उनको भनाई छ । करिव ५ वर्ष देखि फरार रहेका श्रीमानलाई सासुससुराले आफुलाई थाहा नदिइ दशैँमा बोलाएको आफुलाई सानो छोराले बताएको उनले सुनाईन । 

दसैमा भने श्रीमान सौता लिएर आएको उनले बताईन । आमाजु नन्द लगायतले श्रीमान आए पछि आफुलाई घर छोडेर जान भन्दै धम्की दिएको उनले बताईन । आफैले यश अघि सौतालाई श्रीनानसगँ पठाएको पनि उनिहरुले आफुलाई आरोप लगाएको उनको भनाई छ ।

आफुले सौता ल्याएर घर आउन नदिने भने पछि श्रीमान सासू सहित मिलेर आफुलाई कुटपिट गरेको उनले बताईन । उनकी सासुले भने घाटिमा समाएर आफुलाई बेहोस बनाएको र आफू अस्पतालमा हुदा मात्र होस आएको उनले बताईन । 

उनका छोराका अनुसार भने हजुरआमाले आफ्नी आमालाई घाटिमा समाएर लडाए पछि आफू मामाहरुलाई बोलाउन गएको र मामाहरु आएर छुट्याएर अस्पताल लगेको बताए । अब आफुले र छोराले कानुन अनुसार न्याय पाउनु पर्ने उनको माग छ । 

(भिडियो )

Post a Comment

Previous Post Next Post