अर्काकी श्रीमतीलाई फोन गर्दा…





छिमेकीको ह’त्या आरोपमा झापामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।गौरादह-५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको ह’त्या’मा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरादह– ५ का ३१ वर्षीय महम्मद सद्दाम, उनकी २८ वर्षीया श्रीमती सुमेरन खातुन, ३८ वर्षीया दिदी कुर्सुमान खातुन, सोही ठाउँका २६ वर्षीय महम्मद सुलेमान र उनकी २२ वर्षीया श्रीमती रुक्सार खातुन रहेको प्रहरीले जनाएको छ ।

नीहरूलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । मियाँको ह’त्या गरी सेफ्टी ट्यांकीमा शव व्यवस्थापन गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । गत कात्तिक ११ गते मियाँ हराएको भन्दै उनकी श्रीमती नुरजन खातुनले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन्न

को खोजीको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते छिमेकी महम्मद सद्दामको घर खानतलासी लिएको थियो । ‘खानतलासीको क्रममा एउटा कोठामा गेरु रंगले चारैतिर भित्री गाह्रो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रिलमा रगत जस्तो रातो पदार्थ देखिएपछि प्रहरीलाई शंका लाग्यो,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘उक्त कोठाको बाहिर शौचालय छ ।

शौचालयको सेफ्टी ट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुइँठा बनाएर ट्यांकीमाथि चाङ लगाएर राखेको अवस्थामा भेटियो । सेफ्टी ट्यांकीभित्र खोजी गर्दा धा’रि’लो हति’यार प्रयोग गरी ह’त्या गरी कम्बलमा पोको पारेर फालेको अवस्थामा भेटियो ।’ मियाँको शव दुर्गन्धित अवस्थामा भेटिएको उनले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा पाँच जनाले ह’त्या स्वीकार गरेको र बाँकीको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।

जल्ला अदालतबाट म्याद थप गरेर पक्राउ परेकामाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए । घटनामा प्रयोग भएका धा’रिलो हतियार दाउ, छुरी, घनलगायत ह’तिया’र पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट महिलालाई फोन गरेको विषयलाई लिएर ह’त्या भएको हो ।

मबेसिर हुसेनले महम्मद सद्दामकी श्रीमती सुमेरन खातुनलाई फोन गरेको विषयलाई लिएर उनीहरुले ह’त्या’को योजना बनाएको पाइएको झापा प्रहरीले जनाएको छ। विगत समयदेखि नै खातुन र हुसेनबिचमा फोनमा कुरा हुन्थ्यो । उनीहरुबीच फोनमा कुरा हुने विषयलाई लिएर खातुनको परिवारमा समेत टिप्पणी हुन थालेको थियो। यही विषयलाई लिएर परिवारको झगडा समेत हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post