यी हुन् कागती पानी पिउनुका फाइदाहरु, जानिराखौं

तपाई कागती पानी कतिको पिउनु हुन्छ ? यदि पिउनु हुन्छ भने खुसीको खबर । कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् ।

कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागती पानी पिउनुको धेरै फाइदा भनेको तौल घटाउन सहयोग पुग्नु हो । अरु के के छ त फाइदा:

  • बिहान बिहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
  • कागती पानीको सेपनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ ।
  • आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्याउँछ ।
  • मधुमेह रोगीकालागि समेत कागती पानीले फाइदा गर्छ ।
  • खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।
  • कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
  • रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ ।
  • मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
  • कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।
  • एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ ।
  • कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
  • हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।
  • कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।

Post a Comment

Previous Post Next Post