श्रीमानले १२ जना सौता ल्याए पछि आफ्नो बिजोग, भएको भन्दै एघारौं श्रीमती मिडियामा (भिडियो हेर्नुस)

झापामा एक पुरुषले १२ जना बिहे गरेर ल्याएको भन्दै उनकी एघारौ श्रीमती मिडियामा आएकी छिन । सुन्दै अचम्म लाग्ने घटनामा एघारौं पटकमा बिबाह गर्ने महिला श्रीमान भन्दा १० वर्ष जेठी हुन ।

आफ्नो पहिलो श्रीमानसगँ सम्बन्ध बिच्छेद गरेर बसेकी ती महिला उक्त ब्याक्तीसगँ सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएको बताउँछिन । उनि पहिलो श्रीमानसगँ छुट्टिए पछि झापा मै सामान्य होटल गर्दै बसेकी थिइन । ती ब्याक्तीसगँ बिबाह गरे पछि होटल पनि छाडेकोले अहिले आफ्नो बिचल्ली भएको उनको भनाई छ ।खोटाङ जिल्लाको पाथेका ३ घर भएका लक्ष्मण राईसगँ उनले बिबाह गरेकी हुन । फेसबुक बाट चिनजान भएका लक्ष्मणले आफू मलेसियामा हुदाँ श्रीमती पोइला गएकी र अहिले अस्फ्नो एक छोरी रहेको बताएको उनको भनाई छ ।

तर अहिले बुझ्दा उनले आफू सहित १२ जना बिबाह गरेको थाहा पाएको उनको भनाई थियो । आफू एघारौं श्रीमती भएको उनको भनाई छ । आफुसगँ केही महिना बसे पछि काठमाडौ गएर आउँछु भन्दै हिडेका उनले फेरि अर्कि बिबाह गरेको आफुले थाहा पाएको उनको भनाई थियो ।

आफू राम्रैसगँ होटल संचालन गरेर बसिरहेको अवस्थामा लक्ष्मणले आफ्नी श्रीमती पोइला गएको भन्दै आफुहरु बिबाह गरि सगैँ बस्ने बताए पछि उनिसगँ बिबाह गरेको उनको भनाई छ । बिबाह गरेर लक्ष्मण पनि झापामा आफू बस्दै आएको कोठामै बसेको उनले बताईन । लक्ष्मणले उनलाई खोटाङ पनि एक पटक लिएर गएको बताईन ।उताबाट आए पछि छोरिलाइ पनि ल्याएर डान्स बारमा काममा लगाएको उनको भनाई छ । आफुले कमाएको सबै आफुसगँ बसेर खाएर बाकी भएको पैसा समेत लिएर उनी अहिले सम्पर्क बिहिन भएको उनको भनाई छ ।

आफुले अहिले बुझ्दा थुप्रै महिलाहरुलाई बिबाह गर्ने भन्दै बिबाहको नाटक गरेर काठमाडौ लगि यौनधन्दामा लगाउने गरेको आफुले बुझेको उनको भनाई छ । महिलाहरुलाई यौनधन्दामा लगाए बापत होटल संचालकहरुबाट उनले पैसा समेत लिने गरेको उनको भनाइ छ । लक्ष्मणको काम नै त्यही भएको आफुले अहिले बुझेको उनले बताएकी छिन । अहिले आफुसगँ सम्पर्क बिहिन भएर बसेको ती महिलाले बताईन । उनको नम्बरमा फोन पनि नलाग्ने उनको भनाई छ ।

आफू भन्दा पछाडी बिबाह गरेको महिलालाई पनि त्यसै गरेको हुन सक्ने उनको भनाई छ । लक्ष्मणले अझै सोझासाझा थुप्रै महिलाहरुलाई फसाउन सक्ने भन्दै उनलाई सजाय हुनु पर्ने उनको माग छ । अहिले आफू लक्ष्मणको खोजी गर्नुको कारण भने लक्ष्मणले आफुले कमाएको पैसा खर्च गरेको सबै पैसा आफुलाई फिर्ता गर्नु पर्ने उनको र आफुसगँ छुट्टिनु पर्ने उनको भनाई छ ।

अब लक्ष्मण भेटिए पनि आफू सगै नबस्ने उनको भनाई रहेको छ । आफुले दुख गरेर कमाएको पैसा मात्र फिर्ता लिन लक्ष्मणलाई खोजेको उनले बताएकी छिन ।

 (भिडियो हेर्नुस)

Post a Comment

Previous Post Next Post