इनरुवामा एक अञ्जानयुवतीले अर्काको घर छिरेर बच्चापाएकी छिन । इनरुवा १ पूर्वटोलको सो घटनालाई प्रहरीले सुनियोजित र शंकास्पद मानेको छ । सोही अनुसार अनुसन्धान समेत अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ ।
मंगलबार बिहानको समयमा घटनाबारे जानकारी पाएपछि प्रहरीले मुचुल्का तयार पारी अनुसन्धान थालेको छ ।प्रहरीले दिएको जानकारी अनुसार रातीको समयमा घरको मूल र भित्रको चेन गेट खोलेर तालाफुटाई युवती भित्री कोठामा प्रवेश गरेको देखिन्छ । जहाँउनले शिशुलाई जन्म दिएकी थिइन । रक्ताम्य अवस्थाको प्रकृति भेटिएकाले प्रसव पीडाकी युवती अर्काको घर छिरेर बच्चा पाएको अवस्थालाई प्रहरीले सामान्य मान्न नहुने भनेको छ ।
घटनालाई आश्चर्यजनक रुपमा लिएको प्रहरीले घर भेटीले ताला लगाएको अवस्थामा तल्लो तल्लाको सो घटनालाई शंकास्पद हुन सक्ने भनेको छ । उसले प्रसव अवस्थामा युवती कसरी त्यहाँपुगिन । कसरी गेट र तालाफुटाइयो शंकाको घेरामा रहेको बताएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा युवतीले दिउँसोको समयमा कोही पुरुष व्यक्तिसँग होटलमा बियर खाएको खुल्न आएको छ । सोहीअनुसार अनुसन्धान अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मिना राईले घटनालाई नौलो प्रकृतिको मान्दै सूक्ष्म रुपमा अनुसन्धानथालिएको जानकारी दिएकी छिन ।