स्वास्थ्यका लागि अन्डा र कुखुराको मासु कुन खानु राम्रो ?

कुखुरा पहिला पैदा भयो कि, अन्डा ? यो वहसको टुंगो लागेको छैन । यद्यपी के चाहि टुंगो लागेको छ भने, अन्डा र कुखुरा (मासु) कुन राम्रो । दुबै प्रोटिनको स्रोत हुन् ।

प्रोटिनले हाम्रो शरीरको विकासको लागि आवश्यक तत्व हो । शारीरिक श्रम गर्ने, व्यायाम गर्नेका लागि प्रोटिन अति आवश्यक हुन्छ । यो अन्न, दुधजन्य पदार्थ, सिमी, बिज, ड्राई फुड्स, माछा आदिमा पनि पाइन्छ ।

अन्डा र चिकेनको प्रसंगमा चाहि द्विविधा हुने गर्छ, यी दुईमध्ये कुन राम्रो ?

यदि कम क्यालोरी, कम फ्याट र बढी प्रोटिनको कुरा गर्ने हो भने अन्डाको तुलनामा चिकेन राम्रो हो । अन्डामा प्रोटिन चिकेनको तुलनामा कम हुन्छ र त्यसमा कोलोस्ट्रोल पनि बढी हुन्छ ।

एक सय ग्राम चिकेनमा २७ ग्राम प्रोटिन पाइन्छ । जबकी १ सय ग्राम अन्डामा केवल १३ ग्राम प्रोटिन हुन्छ । अर्थात अन्डाको तुलनामा चिकेनमा दुई गुणा बढी प्रोटिन हुन्छ । अन्डामा बढी कोलोस्टोर हुन्छ, जसले रगतको प्रवाहलाई धिमा बनाइदिन्छ । यसले हृदयरोग, उच्च रक्तचाप निम्त्याउँछ ।

एउटा अन्डामा ३ दशमलव ६ ग्राम फ्याट र १ सय ४० मिलिग्राम कोलोस्ट्रोर पाइन्छ । जबकी ८५ ग्राम टर्की, पोर्क र चिकनमा एक दशमलव ५ देखि ५ ग्राम फ्याट र ५० देखि ६० मिलिग्राम कोलोस्ट्रोर पनि हुन्छ । कोलोस्टोर जब शरीरमा जम्छ, रक्त कोशिकामा जम्मा हुन्छ र रक्त प्रवाहमा वाधा पुर्‍याउँछ । त्यसैले हाइ कोलेस्टोरयुक्त खानेकुराले हृदयघात र स्ट्रोकको भय बढाउँछ ।

दिनभरमा शरीरलाई कति प्रोटिन चाहिन्छ ?

रिसर्च अनुसार आफ्नो तौलको हिसाबले प्रति किलो तौल प्रत्येक दिन ०.८ ग्राम प्रोटिन आवश्यक हुन्छ । जस्तो कि हाम्रो तौल ५० किलो छ भने ५० लाई ०.८ ले गुणन गर्दा त्यसको नतिजा ४० आउँछ । अर्थात ५० किलो व्यक्तिका लागि दिनमा ४० ग्राम प्रोटिन जरुरी हुन्छ । यद्यपी शारीरिक श्रम एवं व्यायाम गर्नेका लागि प्रति किलो तौलमा १ दशमलव ५ ग्राम प्रोटिन चाहिन्छ ।

Post a Comment

Previous Post Next Post