फोटो हेर्न राखेको श्रीमानको पासपोर्टले गायत्रीको जीवनमै दिलायो यस्तो खुशी! हेर्नुहाेस्

गायत्रीको माइतीघर अनि विवाह गरेर भित्रिएको घरको आँगन एउटै हो।कुनै समय आफ्नै माइतीघर भन्दा पनि प्यारो र भरिभराउ लाग्ने त्यो घर अचेल गायत्रीलाई रित्तो लाग्छ।

कमाएर खुशी दिन्छु भनेर वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानको दुर्घटनामा परेर ज्यान गएपछि रामेछापकी गायत्री शाहीलाई भरिभराउ लाग्ने आँगन रित्तो लाग्छ।खेतबारीमा काम गर्दागर्दै गायत्री शाही र सञ्जिव शाहीको आँखा जुध्यो।गायत्री १० कक्षामा पढ्दै थिइन् भने सञ्जिवले छ कक्षा पढ्दापढ्दै स्कुल छाडेका थिए।

दुवैले एकअर्कालाई मन पराउन थाले।यो कुरा सञ्जिवको परिवारले थाहा पायो।सँगै जिउने मर्ने कसम खाइसकेका थिए दुवैले।तर सञ्जिवको परिवारले गायत्रीलाई रुचाएनन् ।छोराले कतै गायत्रीसँगै पो बिहे गरिहाल्छ कि भनेर पल्लो गाउँको युवतीसँग सञ्जिवको बिहे गरिदिने कुरा चल्न थाल्यो।

तर सञ्जिवले आफ्नो मनले खाएको मान्छेलाई छाडेर अर्कैसँग बिहे गर्न चाहेनन् ।जसरी भए पनि गायत्रीसँगै बिहे गर्ने भन्ने अठोट गरे।

गायत्रीलाई पनि सञ्जिवको साथबाहेक अरु केही चाहिएको थिएन घरका मान्छेलाई छलेर दुवैजना एकदिन भागे र मन्दिरमा गएर बिहे गरे।२०६९ सालमा दुवैले आफ्नो प्रेमलाई विवाहको रुप दिए। 

Post a Comment

Previous Post Next Post