No MCC भन्दै हजारौ युवाहरु सडकमा, संसद भवन घेराउ गर्न जादै, सडकमै ज्यान दिन तयार


काठमाडौँ २३ भदौ । एमसीसीको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बुधबार राष्ट्रिय अभियानले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रर्दशनमा प्रहरीले धरपकड गरी पाँच जनालाई पक्राउ गरेको हो । विरोध प्रर्दशनमा प्रदर्शनकारीले एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजिनामा दे , अमेरिकी दलाल मुर्दावाद जस्ता नारा लगाएका थिए ।

दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्का नाराबाजी गरेका थिए ।

यो पनि, नदीजन्य सामग्री उत्खननको विरोधमा स्थानीयवासीकास्कीको दक्षिण–पूर्वस्थित पोखरा महानगरपालिका– ३२ को दक्षिण भाग, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ र २ तथा रुपा गाउँपालिका – ५ को पश्चिम भागको फुस्रे, ताल र खुदी खोलाको नदी तट र जलाधार क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने प्रयास भइरहेको भन्दै यहाँका स्थानीयवासीले विरोध गरेका छन् ।

यस वर्षदेखि ताल र खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन तथा बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका कार्य अघि बढाउन थालिएको भन्दै त्यसको जनस्तरबाट विरोध भएको हो । विगतदेखि नै उक्त जलाधारबाट प्रभावित पोखरा–३२ का ढोडबेँसी, मालेपाटन, मालमूल, तल्लो गगनगौँडा गाउँ, रुपा गाउँपालिकाको देउराली फेदी, सहेला गाउँ तथा शुक्लागण्डकीको सेराबेँसी, एक्लेखेत, कोत्रे गाउँ भूक्षय तथा खोलाको कटानलाई नियन्त्रण गर्न प्रयास गर्दै आएको भूक्षय जलाधार तथा वातावरण संरक्षण समितिले औपचारिक रुपमा नै सम्बन्धीत निकायमा पत्राचारसहित ध्यानाकर्षण गराएको अध्यक्ष शिवबहादुर थापाले जानकारी दिनुभयो ।

यसै वर्षदेखि ताल, खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन र बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका काम अघि बढाउन खोजिएको भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ उत्खनन गर्दा जलाधारक्षेत्र छेउछाउका बस्ती अति जोखिममा परी बाढीपहिरोमा बग्ने निश्चित प्रायः छ ।”

समितिले यस सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयसहित सम्बद्ध कास्की र तनहुँका जिल्ला प्रशासन कार्यालय, भूक्षय तथा जलाधार कार्यालय, सम्बन्धित नगरपालिका, प्रहरी कार्यालय आदिमा ध्यानाकर्षणसहित पत्राचार गरिसकेको समितिका सचिव विन्दुराज तिवारीले बताउनुभयो । यस जलाधार क्षेत्रकै संरक्षणका लागि २०६९ सालमा समिति गठन गरी त्यसयता जलाधार नियन्त्रण एवं संरक्षणका गतिविधिअघि बढाइएको समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । जलाधार क्षेत्रको नदीजन्य पदार्थ उत्खनन गर्दा चाँडै नै यस क्षेत्रका बस्ती सङ्कटमा पर्ने भएका कारण यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको उहाँको भनाइ छ ।

Post a Comment

Previous Post Next Post