१७ वर्षीय बहिनी र २२ वर्षीय दिदि बहिनीले गरे कसैले सोच्नै नसक्ने काम ! प्रहरी पनि पर्यो छक्क

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा दुई जना युवतीहरु पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अवस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी पक्राउ परेका हुन् ।

वैरिया बजारमा रकम संकलन गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको छ ।

वैरिया बजारमा सहयोग संकलन गर्ने क्रममा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि नक्कली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको थियो । पक्राउ परेकी पौडेल संस्थामा पूर्व कर्मचारी रहेको र तीन महिनाअघि उनले संस्था छाडेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

त्यस्तै, विभिन्न प्राविधिक झण्झटको कारण अपराधी सजिलै कारबाहीको भागीदार बन्न नसकेको स्वयम् प्रहरी अधिकृतहरू नै स्वीकार्छन् । साइबर ब्यूरोले नेपालमा टीकटकको कार्यालय नहुँदा कतिपय मुद्दाको लागि टीकटकको अफिसमा पत्र लेखेर पठाउने गरिएको छ । उजुरीहरूको ब्यूरो र सामाजिक सञ्जालको आधिकारिक कार्यालयको संयन्त्रबाट पनि अनुसन्धान गर्ने गरिएको ब्यूरोका वरिष्ठ उपरिक्षक एव प्रवक्ता नविन्द अर्यालले नेपाल प्रेसलाई बताए ।

प्रवक्ता अर्यालले भने, ‘हामीले हाम्रै संयन्त्रबाट पीडकलाई पत्ता लगाउँछौं र आवश्यक पर्‍यो भने टीकटकलाई पत्र पनि पठाउँछौ ।’ ब्यूरोबाट आधिकारिकरूपमा सूचना उपलब्ध गराइदिन माग गर्दै सामाजिक सञ्जालको कार्यालयमा पत्रचार गर्ने गरिएको छ ।

Post a Comment

Previous Post Next Post