ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु


काठमाडौं। आज राति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्डमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक आज राति ११ः५५ बजे करिब ७० मिटर तल सोप्याङ खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरीले जानकारी दिएका छन् ।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको घटनास्थलमै मृत्यु भएको हो । चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको हो।

Post a Comment

Previous Post Next Post