
काठमाडौं । मान्नुहोस् तपाइँको बैंक खातामा दुई हजार रुपैयाँ पनि छैन तर अचानक तपाइँलाई थाहा हुन्छ कि तपाँईको खातामा १६ करोड भन्दा धेरै रुपैयाँ जम्मा भएको खबर आउँछ ।
खातामा दुई हजार पनि नभएको तपाँईको खातामा अचानक १६ करोड भन्दा धेरै रकम आयो भने सोच्नुहोस् तपाइँको अवस्था कस्तो होला ? यदि तपाईंले चिठ्ठा मार्फत त्यो पैसा पाउनुभएको छ भने तपाईं खुसी हुन सक्नुहुन्छ र यसको खर्चको बारेमा सोच्न सक्नुहुन्छ । तर यदि त्यो पैसा बिना कुनै कारण आयो भने धेरैलाई डर लाग्न सक्छ
यस्तै घटना उत्तर प्रदेशको बलियामा पनि भयो जहाँ एक युवतीको खातामा १६ करोड भन्दा धेरै रुपैयाँ आयो । बलियाको रुकुनपुर गाउँमा बस्ने १६ वर्षीया सरोजलाई जब यो कुरा थाहा भयो, उनी प्रहरी चौकीमा पुग्नुपर्यो । वास्तवमा सरोजले सन् २०१८ मा इलाहाबाद बैंकको बाँसडिह शाखामा खाता खोलेकी थिइन् ।
एक दिन जब उनी बैंकमा पुगेर उनको खाताको बारेमा जानकारी लिइन्, तब उनले थाहा पाइन् कि उनको खातामा हजारौं होइन बल्कि करोडौं रुपैयाँ जम्मा भएको थियो । बैंकमा यति ठूलो रकम देखेपछि बैंकले त्यस खाताबाट केही समयका लागि कारोबार नै बन्द गर्नुपर्यो ।
आफ्नी आमासँग बैंक पुगेकी उनले प्रहरी चौकीमा गुनासो दर्ता गरिसकेपछि प्रहरीले बैंकको सहयोगमा अनुसन्धान गरिरहेको छ । प्रहरीले यसलाई साइबर धोखाबाजीको घटनाका रूपमा अनुसन्धान गरिरहेको छ । रुकुनपुर गाउँ निवासी सरोजले सन् २०१८ मा नै बैंक खाता खोलेकी थिइन् ।
राम्रोसँग अक्षर पनि नचिन्ने उनीसँग नीलेश नाम गरेको व्यक्तिले प्रधानमन्त्री निवासको फाइदा लिन चाहेको आधारमा आधार कार्ड र कागजात लिएर खाता खालेको उनले जानकारी गराइन् । सरोजले एटीएम कार्ड पोष्टबाट निलेशको ठेगानामा आएको थियो, जहाँबाट उनले लिएकी हुन् ।
बैंक कर्मचारीका अनुसार त्यस खाताबाट लगातार लेनदेन भइरहेको थियो, जुन सरोजलाई पनि थाहा थिएन् । अब सरोजको खाता खोल्ने नीलेशको मोबाइल नम्बर पनि बन्द रहेको छ ।अचम्मको कुरा के हो कि सरोजले अध्ययन गरेकी छैनन र उनी नाम मात्र लेख्न सक्छिन् । यस्तो अवस्थामा उनको खाताको गलत्त प्रयोग भएको हुनसक्ने धेरैको बुझाई रहेको छ । यस घटनाबारे अहिले अनुसन्धान भइरहेको छ ।