काठमाण्डाै - रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति पहिरोले घर पुरिँदा
७० वर्षीया गौरी थापा र उहाँका पाँच वर्षका नातिको ज्यान गएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोमा पुरिँदा थापाका छोरा र बुहारी घाइते भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।