![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSYrfi4ocWEBsYy1H3HfYmYxp2fPLEDEejxH9Nkew6rgo7ZR4SJSbXvlmRb5Xue-pwKtvruWB7ucl2Vi7VQwIdS55J6xd8N4x1nLtdesog7XFYDnPyt1SBNU-PHkzEz_8Jh_Q-mK_tuWw/s16000-rw/l-12.jpg)
एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ? एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले करणी गरेको र कसैलाई सुनाए धम्की दिएको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन् ।
उनले आफु ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन् । सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफुलाई थाहा नभएको बताइन् ।
तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफुलाई करणी गरेको किशोरीको भनाई छ । माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन, तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको भनाई छ ।म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान ड’राए’की थिए । तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई करणी गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ ।
आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन् । आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो । उनले घटना पछि आफुलाई स्वास्थ्य समस्या भएको बताएकी छन् ।
हर्नुहोस् भिडियो