वडाध्यक्षका छोराले लिए आफ्नै ८० वर्षीया हजुआमाको ज्या'न

वडाध्यक्ष का छोरा लाई गम्भिर घटना मा प्रहरी ले पक्राउ गरेको छ । बझाङ का एक वडाध्यक्ष का छोरा लाई आफ्नै ८० वर्षकी हजुरआमा को ज्यान लिएको आरोप मा पक्राउ गरेको हो ।

बझाङ को दुर्गाथली गाउँ पालिका वडानं ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको मृ त अवस्थामा फेला परेकी थिइन् । घटनामा संलग्न भएको आरोपमा उनकै नातीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा वर्ष २१ का सुभाष जप्रेललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । स्थानियबासीन्दाले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका सुभाषलाई सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलमा फोनको टावरले राम्रोसंग काम नगर्ने भएका कारण थप विवरण भने आउन बाँकि छ ।

Post a Comment

Previous Post Next Post