हरि उदासी छुटेपछि पहिलोचोटि बोले प्रतिमालाई न्याय दिन्छु भन्दै गल्ती स्वीकार, सबिता आफ्नो बाटो (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलास्मार्ट लाइसेन्सको पर्खाईमा ७ लाख नागरिक, कहिले खुल्छ नयाँ आवेदन ? काठमाडौं । सरकारी ढिला सुस्तीका कारण करिब एक वर्ष अघि नै लिखित तथा ट्रायल परीक्षा पास गरेका ७ लाख नागरिक अझै स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । 

लाइसेन्स छाप्न नसक्दा समयमै वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । कोभिड १९ को महामारीको कारण देखाउँदै गत वैशाख १६ देखि स्थगित सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अझै खुल्न सकेको छैन । विभागका प्रवक्ता डा. लोकनाथ भुसाल प्रक्रियामा रहेका सात लाख नागरिकलाई स्मार्ट लाइसेन्स वितरण नगरी नयाँ लाइसेन्स खुलाउन नसकिने बताउँछन् ।

अबको एक महिनामा १४ लाख स्मार्ट लाइसेन्सका लागि कार्ड आयात गर्दै छौँ,’ उनी भन्छन्, ‘सबै सात लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न मात्रै कम्तिमा छ महिनाको समय चाहिन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता नै यस अघि पास भइसकेका सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्नु हो ।’विभागका अनुसार हालसम्म देशभर २० लाख प्रति स्मार्ट लाइसेन्स वितरण गरिसकिएको छ । विभागसँग स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने एउटा मसिन मात्रै छ । जसले प्रति घण्टा ४५० प्रति तयार पार्ने क्षमता राख्दछ ।

२४ घण्टा सातै दिन मसिन सञ्चालन गर्दा समेत सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न करिब अढाई महिना लाग्ने देखिन्छ । यस बाहेक करिब ३० हजार जनाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको भए पनि ट्रायल दिन भने पाएका छैनन् ।यस हिसाबले प्रक्रियामा रहेका सबैलाई लाइसेन्स वितरण गरी नयाँ लाइसेन्स खोल्न छसात महिना लाग्ने विभागका प्रवक्ता भुसालको भनाई छ । ‘यद्यपि विभागले नयाँ लाइसेन्सका लागि आवेदन खोल्ने विषयमा कस्तो निर्णय लिन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न,’ उनी भन्छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post