हिजो आज यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भनिएको छ आमालाई नपाल्ने छोरा र बुहारीलाई आमाको निधनपछि दाह संस्कार गर्न आएका छोरा बुहारीलाई गाउँलेहरुले खे दाएका देखिन्छ ।
सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
तर आमाले छोरा-बुहारी कै कारण धेरै कष्ट सहिन् अनि माता तीर्थ औंसीको केही दिनपछि आमाको दु:खद तरीकाले स्वर्गारोहण भयो । छिमेकी मिलेर आमाको शवलाई कन्काई नदिको किरारमा अन्तिम संस्कार गर्न भन्दै लिएर गए ।
त्यही समयमा उनका छोरा कपाल खौरेर त्यहाँ आमाको दाग बत्ती दिन्छु किरीया गर्छु भन्दै उपस्थित भए । बाच्दा सम्म वास्ता नगर्ने मरेपछि दागबत्ती दिन्छु भन्ने भन्दै ती छोरा र बुहारीलाईलाई उनका छिमेकी र गाउँलेहरुले धुलाई गरेका छन् ।
हेर्नुहोस तलको भिडियोमा :-