कम्मरमा कसिलो पेटी बाँध्दा निम्तने यस्तो खतराबारे जान्नुहोस्

कार्यालयमा काम गर्नेहरु हुन् वा शैक्षिक संस्थामा अध्ययन गर्नेहरु अधिकाशं मानिस पेन्ट सर्टसँग बेल्ट अर्थात पेटी बाध्ने गर्दछन् ।

अझ पुरुषहरुमा पेटी बाध्ने बानि हुन्छ । पेटीले पेन्टलाई कम्मरको ठीक ठाउँमा रहन मद्दत पुर्याउँछ भने सर्टलाई समेत पेन्टबाट बाहिर निस्किन दिदैन । तर कतिपय अवस्थामा भने पेटी बाध्ने बानि हानिकार हुनसक्छ ।

अक्सर पेटी बाध्नेहरु कम्मरमा टाइट (कसिलो) पेटी बाध्ने गर्दछन् । यस्तोमा कम्मरको नसा च्यापिनुको साथै अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गराउँछ ।

कम्मरमा कसिलो पेटी बाध्दा निम्न समस्या देखा पर्दछन् 

  • गर्भवती महिलाले भुलेर पनि कसिलो बेल्ट लगाउनु हुदैन, अन्यथा गर्भ खेर जान सक्छ ।
  • कसिलो पेटी लगाउँदा शरीरमा राम्रोसंग रक्त सञ्चार हुन पाउदैन ।
  • कसिलो पेटीको डाम रहदाँ यसले चिलाउने समस्या निम्त्याउने गर्दछ ।
  • लामो समय कसिलो पेटी बाध्दा पेल्भिक क्षेत्रमा दबाब पर्दछ र स्पर्मको संख्या घटाउँछ ।
  • कसिलो पेटी बाध्दा कालान्तरमा सन्तान उत्पादन क्षमतामा प्रभाव पर्दछ ।
  • लामो समय कसिलो पेटी बाध्दा खाना राम्ररी पच्न पाउँदैन ।
  • कसिलो पेटी बाध्दा कब्जियतको समस्या हुने गर्दछ ।
  • यस्तो बानीले खुट्टाको हड्डि कमजोर पार्दछ ।
  • कसिलो पेटी बाध्दा खुट्टा सुन्निने समस्या देखा पर्दछ ।
  • अधिकाशं मानिसमा यस बानिले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।
  • कतिपय अवस्थामा यस्तो बानीले एसिडिटीको समस्या पनि गराउँछ ।

Post a Comment

Previous Post Next Post