महिलाले यी गल्ती गर्दै नगर्नुहोस्, नत्र आमा बन्ने सुख हुनसक्छ हरण


काठमाडौँ । आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ।खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, 

अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढेको छ।अहिले बढ्दो उमेरसँगै लाग्ने रोगहरु युवा अवस्थामै लाग्न थालेका छन्। ती मध्ये एउटा सामुहिक समस्याहरु युवाहरुमा बढ्दो बाँझोपन। वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ।

खानपिनको गलत बानी

बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ । कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको चिकित्सकहरुको भनाइ छ।

फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ। त्यसैले आफ्नो खानपिनमा परिवर्तन गर्दै पौष्टिक आहारको सेवन गर्नु पर्छ। हरिया सागपात, ड्राइफुड, गेडागुडी, दाल जस्ता खाद्य पदार्थको सेवन धेरै भन्दा धेरै गर्नु पर्छ।

तनाव

आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन्। कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन्, जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं।

यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन्। यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन्। यसबाट बच्नका लागि त्यस्ता कामहरु गर्नु पर्छ, जसबाट तपाईं तनावग्रस्त हुने सम्भावना कम हुन्छ। तनाव भएको बेला परिवारका सदस्य तथा साथीभाइहरुको सहयोग लिनु पर्छ।

उमेर छिप्पिएपछिको विवाह

आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन्। विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा–राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्।

महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन् । चिकित्सकहरुका अनुसार उमेर छिप्पिएपछि विवाह गर्नाले महिलाहरुको डिम्बको गुणस्तरमा प्रभाव पर्छ।

यही कारणले उनीहरुमा बाँझोपनको सम्भावना समेत बढेर जान्छ। यसबाहेक गलत जीवनशैलीका कारण पनि अचेल युवाहरुमा उच्च रक्तचाप जस्ता समस्याहरु समेत देखा पर्न थालेका छन्, जसका कारण बाँझोपन हुने समस्या बढ्छ।

व्यायाम नगर्नु

कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठूलो समस्या बन्दै गैरहेको छ। कल सेन्टर तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ।

युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ। यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ।

Post a Comment

Previous Post Next Post