काठमाडौं, भदौ १९ । शितगंगा नगरपालिकामा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौबाट सन्धिखर्क आउदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस शनिबार बिहान ५ बजे शितगंगा नगरपालिका-३ ठाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा भुमिकास्थान ९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।
बस सडकबाट झन्डै ४ सय मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए ।
४ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ – प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । झापा खादुनावारी–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ–२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई आज दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँयारबाँया जुत्तामा रहेको २–२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको दाँया–बाँया जुत्ताको तलुवामा रहेको १–१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।
यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए ।
श्री एयरलाईन्सको काठमाडौँ–नेपालगञ्जको नियमित उडानमार्फत उनीहरु आएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।