मोडल नीशा घिमिरेको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको छ । आज बिहान उनको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको हो ।
दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।
‘नीशा घिमिरे संरक्षण कोष’ले दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको हो ।
नीशालाई केही कलाकर्मी र उनकोे परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए । मोडल नीशाको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो । ३ बर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी नीशा गम्भिर कार दुर्घटनामा परेकी थिइन् ।
भारतमा केही समय उपचार गराएर उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल ल्याएपछि पनि उनको केही समय उपचार गरिएको थियो । तर, उनी लामो समयदेखि घरमै अचेत अवस्थामा थिइन् । उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी निःशुल्क उपचार सुरु गराएकी थिइन् ।
तर, ३ महिनासम्म उपचार गर्दा पनि नीशाको स्वास्थ्यमा आशातित सुधार हुन सकेको थिएन । नीशाले केही सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । हेर्नुहोस् भिडियो सामग्री