श्रीमान क्वारेनटाइनमा बसेको बेला, श्रीमती अर्कैसगँ मस्ती गर्दै गरगहना र पैसा लिएर फरार (भिडियो हेर्नुस)


वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भै सकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको घर फर्किदा न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ अहिले संखुवासभाका तुलशी बिश्वकर्माको ।


उनकी श्रीमती लक्ष्मी बिश्वकर्मा बिगत एक वर्षदेखि छोराछोरी त्यसै छाडेर बेपत्ता भएकी छिन । तुलशी घर आइ नपुगी नै उनी बेपत्ता भएको तुलशी बताउँछन । उनकी श्रीमती लक्ष्मी बिश्वकर्मा बिगत एक वर्षदेखि छोराछोरी त्यसै छाडेर बेपत्ता भएकी छिन । तुलशी घर आइ नपुगी नै उनी बेपत्ता भएको तुलशी बताउँछन ।

संखुवासभाको मादी नगरपालिका १ का तुलशी बिश्वकर्मा बिदेशबाट घर आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोनाका कारण बिदेशबाट घर फर्किदा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम भएकाले उनी काठमाडौमा क्वारेन्टाइन मै बसेका थिए । त्यही बेला उनकी श्रीमती हिडेको उनले बताए । आफू घर आउदा छोराहरु त्यसै रुदैँ बसिरहेको आफुले भेटेको उनले बताए । आफुसगँ त्यस्तो केही मनमुटाव नभएको र आफू घर नै आइ नपुगी हिडेकोले किन हिड्यो भन्ने आफुलाई थाहा नभएको उनके बताए ।

आफुले प्रहरीमा जानकारी गराए पनि कहिके चैनपुर पठाउने त चैनपुरबाट आफ्नै एरियाको प्रहरीले खोजी गर्ने भदै खासै वास्ता नगरेको आफू मिडियामा आएको उनी बताउँछन । उनकी श्रीमती हराएको साउनमा एक वर्ष भएको छ । उनले नागरिता, छोराहरुको जन्मदर्ता, बिहेदर्ता गरगहना इत्यादि सबै लिएर गएको उनले बताएका छन । साथै आफुले कमाएर लगाएको लगानी पनि सबै उठाएर लगेको उनले बताएका छन ।

गरगहना र पैसा सहित गरेर लगभग ४ लाख जति लिएर गएको उनके बताए । उनका ११ र ८ वर्षीय छोराहरु छन । छोराहरुको जन्मदर्ता पनि लिएर गएकोले स्कुलमा भर्ना गर्न पनि अहिले समस्या भएको उनले बताएका छन । उनी हराए पछि आफुले सबैतिर खोजी गरेको तर केही पत्ता नलागेको उनी बताउँछन । मोबाइल नम्बर पनि फेरेकोले गर्दा फोन पनि नलाग्ने उनले बताए । माइतीमा बुझ्दा पनि आफुहरुसगँ पनि सम्पर्क नभएको जानकारी दिएको उनले बताए ।

आफू बिदेशमै हुदाँ कहिले कता हिड्ने कहिले कता हिड्ने गरेको आफुले थाहा पाएको उनले बताए । साथै एक जना केटासगँ बोल्ने गरेको म्यासेज र कल रेकर्ड आफुले भेटेको उनके बताए । साथै आफू त सगँ नबस्ने, घर आउदा आफू हिडिसक्ने बताउने गरेको उनले सुनाए । आफू हिडेपछी जति खोजे पनि नभेट्ने बताएको उनले सुनाए । आफुले कमाएको लिएर हिडेकाले र छोराहरुको जन्मदर्ता पनि लगेकोले त्यो फिर्ता गरेर जता गए पनि आफुलाई कुनै खोजी नहुने उनले बताएका छन ।

(भिडियो हेर्नुस)

Post a Comment

Previous Post Next Post