![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiPF9laSzJjWxQRjOjuCe0eio8RLp10Twh69wuiimsjN7l4o2PSMWPKSh-8oAYYEOJaAy4UpAEu7irraVW8wHd9Ykl23T8X-sU4Xfb_zjg7lsVJeytpCzJpi6lPrtuctQNUA_31VQqrpdXu/s16000-rw/d.jpg)
मारियम गुरुङ घाँस का’ट्न गएकी थिइन् । तर उनलाई के थाहा कसैले उनको कान का’टिए छ ! पोखरा महानगरपालिका ३२ बडहरेकी मारियमको कानको लोती नै का’टेर सुन लु’टिएको हो ।
खान खाएर बिहान ११ बजे घरछेउकै खुर्सानीबारीमा जाँदा कसैले उनीमाथि ढुं’गाले हा’नेको थियो । भन्छिन्, ‘घाँस का’टेर भारी बाँध्ने डोरी बनाउँदै थिएँ । एक्कासि छातीमा ढुं’गाले लाग्यो । त्यसपछि भने म बेहोस भएँ ।’ घटना देखिरहेकी एकजना स्थानीयले ह’ल्लाख’ल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए
बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् ।स्थानीयहरु घटनास्थलमा पुग्दा कानबाट र’गत आ’इरहेको उनका श्रीमान् धनमान गुरुङ बताउँछन् । ‘कानको लोती का’टेर लु’टेछ । आधाआधा तोलाका थिए रिङ, बोल्न सक्ने अवस्था थिएन,’ धनमानले भने, ‘लगत्तै अस्पतालले ल्यायौं ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी मारियम फर्किएकी छन् ।परिवारले साेमबार नै प्रहरीमा उ’जुरी दिइसकेका थिए । ‘जस्ले यस्तो ग¥यो यस्लाई भेटेपछि मलाई जे जे ग¥यो त्यसलाई पनि त्यही गर्छु । सुरुमै ढुंगाले ’हानेर बे’होस बनाउँछु । त्यस पछि मेरो जस्तो कानको लोती नै क’टिदिन्छु,’ मारियमले आ’क्रोश पोखिन् ।
मारियम गुरुङको कानको लोती का’टी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेो छ । उनको साथबाट लु’टिएको २ वटा रिङ फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । तामाङलाई मंगलबार तल्लो गगनगौंडबाट प्रहरीले पक्राउ गरेको हो ।
धादिङ घर भएका तमाङ पोखरा महानगरपालिका ३२ खुदीखोला बस्र्दै आएका थिए । ४६ वर्षीय तामाङ बाख्राभैंसी किनबेचको काम गर्थे । गाउँमा उनी गइरहन्थे । बाख्रो किनेर बजारमा ल्याएर बेच्थे । किन्ने र बेच्ने गाउँतिर गइरहने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गाउँको बारेमा उनलाई राम्रो गरी थाहा भइरहेको प्रहरी बताउँछन् ।