पाँच दिन अघि विवाह, टिकटक बनाउँदा सेती नदीमा यसरी खसेकी थिइन् पवित्रा [भिडियो पार्ट २]


तनहुँस्थित सेती नदीमा खसेर एक नवदुलही बेपत्ता भएकी छन् । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेपत्ता भएकी हुन् । श्रोतका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको हो।

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा खसेको बताइन्छ ।

उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जोखिम मोलेरै गएको देखिन्छ । त्यस स्थानमा सेती नदी डरलाग्दो तरिकाले उर्लिएको भिडियोमा देखिन्छ । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।

लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए । प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पुलचोकस्थित रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चिप्लिएर लम्साल सेतीमा खसेकी हुन् ।

उनी खसेकी हुन् या होइन भन्ने विषयमा छानबिन भइरहेको उनले बताए । उनको खोजीकार्य तीव्र बनाइएको र साँझ ७ बजेसम्म पनि फेला नपरेको तिमिल्सिनाले बताए ।

भिडियो सामग्री:

Post a Comment

Previous Post Next Post