दिउँसो सुत्ने बानी छ ? स्वास्थ्यमा यस्तो समस्या निम्त्याउन सक्छ

अहिले देशका लगभग सबै स्थानमा कोरोना संक्रमणको बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु बनेको छ ।

घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन भन्दै खाना खाए लगत्तै धेरै दिउँसो सुत्ने बानी धेरैमा परेको छ । तर बिरामी वा अस्वस्थ्य नभई दिउँसो सुत्ने बानी निकै हानिकारक हुने गर्दछ ।

यसले तत्काल कुनै ठूलो समस्या नदेखाए पनि कालान्तरमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

  • दिउँसो सुत्ने बानीले कालान्तरमा कलेजो क्यान्सरको खतरा हुने गर्दछ ।
  • दिउँसो एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा हुने गर्दछ ।
  • मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक कारक पनि दिउँसोको सुताई हुने गर्दछ ।
  • दिउँसो सुत्ने मानिसहरुमा भोक धेरै हुन्छ जसले ब्लड सुगर बढाउँने गर्दछ ।
  • डायबिटिज वा मोटोपनका कारण पनि लिभर क्यान्सरको खतरा रहन्छ ।

दिउँसो केहि मिनेट मात्र आराम गरेमा यसले कुनै असर गर्दैन । तर लामो निन्द्रामा भने पर्नु हुदैन । आराम गर्दा प्राकृतिक हावा लाग्ने स्थान हुनु पर्दछ ।

Post a Comment

Previous Post Next Post