१६ भदौ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।
अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।
दु’र्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सी’सीयूमा राखिएको थियो ।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मु’टु र मृगौ’लाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भी’र बन्न पुगेको थियो ।
हेर्नुहोस भिडियो