हाम्रो समाज पि'तृसत्तात्मक छ । यहाँ पुरुषले नारीलाई विवाह गरेर ल्याउँछन् । समाजले दिएको यौ'न स'म्बन्धको छुटको परिपक्व रूप विवाह हो । विवाह पुरुष र नारीको आपसी समझदारीमा निर्धारण हुन्छ ।
यो सम्बन्धले एउटा परिवार बन्छ र क्रमिक रूपमा समाजको संरचनाको निर्माण हुन्छ । पाश्चात्य देशमा विवाह गर्न र तोड्न धेरै समय लाग्दैन भने हाम्रो समाजमा त्यो चलन छैन । जसले सामाजिक सञ्जाल फराकिलो पाइन्छ ।
अहिले आएर पाश्चात्य देशको जस्तै वैवाहिक सम्बन्ध विभिन्न कारणले असमझदारी हुँदा सम्बन्ध आपसमा तोडिएका छन् । त्यो पनि शिक्षाका पहुँचका कारण महिलाले मानसिक यातना सहन नसकेर बाहिर आवाज उठाई आफ्नो सहजतामा बाँच्न चाहेर ल्याएका छन् ।
भने कतिपय पुरुषले यस्ता कारणबीच सहज वातावरण सिर्जना गर्न नसक्दा सम्बन्धविच्छेदको परिस्थिति सिर्जना भएको छ । नारीका लागि यो स्थितिमा कानुन बलिया बने । जसअनुसार आफ्ना दबिएका पीडित आवाजलाई बुलन्द गरे।
यो परिवर्तनलाई समाजको आवश्यकता नै ठान्नुपर्छ किनकि समाज सधै परिर्वतनगामी हुन्छ । पुराना कुरालाई नयाँ ज्ञान र सीपले प्रतिस्थापन गरिन्छ । यो विकासको अघि बढ्ने आधार हो । कुनै पनि मानिस शारीरिक रूपमा सबल हुनु ऊ मानसिक तवरले बलियो हुनुपर्छ । तबमात्र उसले दैनिक आफ्ना क्रियाकलापलाई सहज रूपले संचालन गर्न सक्छ ।
हामी नारी हौं, हामीलाई विवाह गरेर ल्याइन्छ । घरको कामकाज, इष्टमित्रको सौहार्द्रता, श्रीमान्को हेरचाह, बालबच्चाको लालनपालन हाम्रो दायित्व अवश्य हो र पुरुषले पैसा कमाउने र घरलाई व्यवस्थित गर्ने, तर नारी अब त्यतिमा मात्र सीमित छैनन्। पुरुष सरह जिम्मेवारी काँधमा बोकेर उनीहरू पनि आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्