पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।
श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।
योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’ मानसिक समस्याका कारण आकस्मिक सोचका कारण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
यो पनि पढ्नुहोस- खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो
काठमाडौं । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे ।टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले ।उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो
उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।वृत्तका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलल भन्छन्, ‘त्यही सोचका कारण कसैको प्रवाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिन्छ
प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए । दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि कुटपिट भएको थियो, यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेका छन् ।
मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका उनमा डर त्रासको भाव समेत नदेखिएको भन्दै डीएसपी पौडेलले मानसिक स्वास्थ्यमा समस्या भएका कारण श्रीपेच निकाल्न खोजेको हुनसक्ने बताए