
इलाम चुलाचुलीका संजय लिम्बुकि पत्नी तिला लावती लामो समयदेखि मुटु रो गी छिन् ।उनको अहिले काठमाडौको गंगालाल हस्पिटलमा उपचार भइरहेको छ ।अहिले तिलाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ
र आर्थिक स्थिति निकै कमजोर भएको हुँदा तिला मृ त्युको मुखतर्फ धकेली रहेकी छिन् ।पति संजयले अर्काकोमा खेती किसानी गरेर ल्याएको पैसाले खाने गरेको र यत्रो ठूलो बि रामको उपचार गर्न आफुलाइ निकै गाह्रो भएको उनी बताउँछन् ।जन्मै देखि तीलाको मुटुमा दाग रहेको तर गएको असार २० देखि उनलाई बि रामले सताएको र अहिले शल्यक्रिया नगरी उनी बाच्न मुस्किल रहने डाक्टरले बताएका छन् ।
तीलाका छोराछोरीहरु निकै साना भएको र आफुलाइ केही भैहाले उनीहरूको बि जोग हुन्छन् भन्दै आफुलाइ बचाउन उनी अनुरोध गरिरहेकी छिन् ।असोज ७ सम्म शल्यक्रिया नगरे आफुलाई जेपनी हुनसक्ने भएकाले आफुलाई बचाउन उनी गुहार मागी रहेकी छिन् ।
शल्यक्रिया गर्न लगभग ६ लाख भन्दा माथी लाग्ने डाक्टरले बताएका छन् ।आफुसंग अहिले जम्मा १० हजार भएको र यतिले केहीपनि नहुने भन्दै संजय श्रीमतीको जीवनको भि ख मागी रहेछन् ।दाजुभाइ,माइतीको पनि आर्थिक स्थिति निकै कमजोर भएको हुँदा आफुलाई निकै गाह्रो परेको भएर जिवनको भि ख मागिरहेकी छिन् तिला
भिडियो हेर्नुस् :-