भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलासबैतिर समान वाईफाई कभरेज दिने ‘मेश’ नेटवर्कबारे जान्नैपर्ने कुराकाठमाडौं । यदि तपाईंको कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट हुँदैन भने मेस वाईफाई सिस्टम उपयुक्त समाधान हुन सक्छ ।
तर याे वाईफाई सिस्टमबारे धेरैलाई थाहा नहुन सक्छ । आज हामी मेस वाईफाई सिस्टम के हो र यो अन्य साधारण सिस्टमभन्दा कसरी फरक छ भन्ने कुरा बताउँदै छौं ।मेस नेटवर्कले परम्परागत वाईफाईका धेरै समस्यालाई समाधान गर्दछ । परम्परागत वायरलेस नेटवर्कमा तपाईंको घरभरी रहेका डिभाइस र मोडेमबीच वायरलेस सिग्नल ब्रोडकास्ट गर्ने राउटर मात्र एक्लो लिङ्क हो ।
तब डिभाइस राउटरबाट जति टाढा हुन्छ, कनेक्सनमा पनि त्यति नै धेरै गडबडी र गुणस्तरीयता खस्किने समस्या देखापर्दछ । यसरी परम्परागत वाईफाई सिस्टममा एउटा राउटर वा एक्सेस पोइन्टमा निर्भर भइन्छ भने मेस वाईफाई सिस्टमले तपाईंलाई धेरैवटा एक्सेस पोइन्ट प्रदान गर्दछ ।जब एउटा एक्सेस पोइन्ट मोडेमको नजिक हुन्छ र गेटवेले जसरी काम गर्छ, तब अर्को एक्सेस पोइन्टले एक आपसमा सिग्नललाई रिब्रोडकास्ट गर्दछ ।
देशभर साढे १४ हजार केन्द्रमा पुग्यो निःशुल्क इन्टरनेटयस्तो वाईफाई कभरेजले परम्परागत वाईफाईमा देखिने कनेक्सनको समस्यालाई समाधान गर्न मद्दत गर्दछ । यसले एक्सेसको प्रत्याभूति दिन्छ र तपाईंको वायलेस सिग्नललाई बलियो बनाउँछ ।
काका र बुहारीलाई यसरी देखेपछी सबै आ'क्रोशित भए (भिडियो सहित हेर्नुहोस )