यी नै रहेछन १ तोला सुनको लागि वृद्ध महिलाको कानको लोती का’ट्ने

पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लु’ट्ने पक्राउ परेका छन् । घाँस का’ट्न बारीमा गएका बेला ढुंगाले हा’नेर बे’होस बनाई एक तोलाको रिङ लु’ट्ने लु’टेरा भोलिपल्टै पक्राउ परेका हुन् ।

मारियम गुरुङको कानको लोती का’टी सुन लु’टेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लु’टिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् ।

धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।

सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस का’टिरहँदा एक्कासि छातीमा ढुंगाले हा’नेर बेहो’स बनाई कानै का’टेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लु’टिएको थियो ।बारी नजिकै घर भएका स्थानीयले देखेर ह’ल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।

बे’होस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट र’गत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँ’का लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।

Post a Comment

Previous Post Next Post