गाडीमा यात्रा गर्दा बान्त्ता हुन्छ ? यी उपायहरु अपनाउनुहोस्

सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् । यसलाई सामान्य भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ ।

प्रायः बालबालिका, माइगे्रनका बिरामी, गर्भवती वा रजस्वला भइरहेका महिलामा यसको संवेदनशीलता बढी देखिन्छ ।

  • विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । यसले कसै–कसैमा पैदा हुन्छ अनि बान्ता हुन्छ । यसर्थ, यात्रा गर्ने क्रममा सकेसम्म सीधा अगाडि हेर्नुपर्छ ।
  • आँखाको दृष्टि झ्यालछेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । यसले रिँगटा लाग्न कम गर्छ ।
  • गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ । मलाई बान्ता आउँछ, रिँगटा लाग्छ भन्ने सोचेर बस्दा सोही हुने सम्भावना बढी रहन्छ ।
  • पछाडिका सिटमा बस्दा गतिको बढी अनुभूति हुन्छ । तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।
  • गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । त्यसैले, समय–समयमा बाहिरको स्वच्छ हावा लिने गर्नुपर्छ ।
  • यात्रा दौरान हलुका अमिलो–पिरो खानेकुरा वा कागती सेवन गर्दासमेत केही राहत महसुस हुन्छ ।
  • यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।

Post a Comment

Previous Post Next Post