रूपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्कर दिँदा दुवैजनाको मृ’त्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्करबाट आमाछोराको मृ’त्यु भएको हो ।
सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठ’क्कर दिएको थियो।स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गा’डीसम्म छोड्न आमा आएकी थिइन् ।
ठ’क्करबाट घा’इते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।ठ’क्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र वि’ङ्गर एकआपसमा ठो’क्किएका छन् ।रुकुम बाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठो’किँदा नौ जना घा’इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।
घा’इतेमध्ये चार जनाको अवस्था ग’म्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक ग’म्भीर घा’इते भएक छन् ।बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि ’गम्भीर छ । उनी हरूलाई थप उपचारका लागि बुटवल लगिएको छ ।बाँकी घा’इतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।