
काठमाडौँ – कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुर्दा बुधबार दुई जना नेपाली श्रमिकको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्***
कुवेत सिटीस्थित नेपाली दूतावासकाअनुसार मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी हुन् । सोही घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइते महरालाई भेट्न बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए । दूतवासले एक विज्ञप्ति जारी गर्दै घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।
वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा नै कामदारको मृत्यु हुने गरेको छ । मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् । ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्***