कसरी गर्नुहुन्छ ब्रस ? यस्ता छन् दाँत माझ्ने सही तरिकाहरु

काठमाडौँ - दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ ।

दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ । त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७ तरिका प्रस्तुत गरेका छौँ ।

१. कुल्ला

खाना खाएपछि अनिवार्य रुपमा मज्जाले मुख कुल्ला गर्नु पर्दछ । मुख कुल्ला गर्दा दाँतमा अड्किएका खानाका टुक्राहरु निस्कने गर्दछन् र सड्न पाउँदैन ।

२. धेरै नरगड्ने

दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ । साथै यसले दाँतको क्षमता र गिजाँमा समेत घाउ बनाउन सक्छ । तसर्थ ब्रस गर्दा बिस्तारै गर्नु पर्दछ ।

३. सही पेष्टको छनौट

दाँत माझ्न प्रयोग गरिने पेस्ट सही हुनु पर्दछ । बजारमा पाइने अनेकखाले पेष्टको सट्टा चिकित्सकको परामर्शमा आफ्नो दाँत अनुकुलको पेष्ट लिनु बुद्धिमानी हुन्छ ।

४. ब्रस

दाँत माझ्ने ब्रस नरम हुनुपर्छ । आर्कषक देखिने ब्रसले दाँत माझ्दैमा किरा लाग्दैन भन्ने हुँदैन । ब्रसको ब्रिस्टल सानो हुनुपर्छ ।

५. माझ्ने तरीका

दाँत माझ्दा पहिला खाली ब्रसले दातमा अड्एिको खानाको टुक्राहरु निकाल्ने त्यसपछि मात्र पेस्ट लगाएर १ देखि २ मिनेटसम्म तलमाथि गरेर माझ्नु उपयुक्त मानिन्छ ।

६. स्थान

कतिपय मानिसहरू समय बचत गर्न ट्वाइलेट बस्दा दाँत माझ्ने गर्दछन् । तर, ट्वाइलेट बस्दा दाँत माझ्दा यसले मुख र ब्रस दुबैमा फोहोरी भाइरसको प्रवेश हुन सक्छ । तसर्थ दाँत माझ्दा स्वस्थ स्थानको चयन गर्नु पर्दछ ।

७. पटक

दाँत माझ्ने भन्ने बित्तिकै बिहान मात्र माझ्ने भन्ने बुझ्नु हुँदैन । दाँतलाई अनिवार्य बिहान बेलुकाको खानापछि माझ्नु पर्दछ । एजेन्सीको सहयोगमा

Post a Comment

Previous Post Next Post