यिनै हुन् दुई दिदिबहिनि जसलाई तीज काल बनेर आयो !


काठमाडौं, भदौ १७ – बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३-०१-०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

मृत्यु हुनेमा घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसी छन् । श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव भेटिएको थियो भने पुन र केसीको शव बिहीबार बिहान घटनास्थलबाट ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा फेला परेको थियो ।

चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । कारमा चालकसहित पाँच जना सवार थिए ।

तिजका सामग्री किनमेल गर्ने भनी चालकसहित पाँचजना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रुपैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राति १० बजे सिस्नेखोला पुगे । महिलाहरूको महान् पर्वका रूपमा लिइने तिज मनाउन सामान ल्याएर फर्किँदै थिए । तर, उनीहरूको तिज मनाउने सपना चकनाचुर पार्‍याे ‘सिस्नेखोलाले ।’

त्यो दिन खोला ठूलो आएको थियो । ठूला सवारीसाधनहरू आवतजावत गर्न सक्ने भए पनि साना सवारीसाधनहरू आवतजावत गर्न सक्ने अनस्था थिएन । अन्ततः कार पनि बग्यो । चालक हाम फालेर बाँच्न सफल भए । तर, अन्य चार महिलाको मृत्यु भयो ।***भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Post a Comment

Previous Post Next Post