सुनसरीको देवानगञ्जमा स्याल आतंक, दर्जनौं घाइते

सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक दिनप्रतिदिन बढ्दै गएको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् ।स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

करीब ५-६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ । देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता (कारी) र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए 

स्यालकै आक्रमणबाट वडा नम्बर ६ का भिखो मेहता पनि घाइते भएको स्थानीयले बताएका छन् । स्यालको आक्रमणबाट गाई, भैँसी, गोरू, बाख्रा घाइते भएका छन् । स्याल आतंक बढेपछि स्थानीयले एउटा स्याल मारेका छन् । आफूलाई टोक्न लागेपछि एक स्थानीयले बेल्चाले हिर्काउँदा स्याल मरेको बताइएको छ

Post a Comment

Previous Post Next Post