२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् ।
सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन ।
उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन । भिडियोमा हेरौ उनले के के भने तपाई थाहा छ रोलेक्स घडी कस्तो बिशेषताले संसारमै चर्चित बन्यो ?
जसरी महिलको सौन्दर्य सुन, चाँदी, हिरा र मोतीका गरगहनामा खुल्छ, त्यसैगरी पुरुषको ब्यक्तित्व घडिमा भुल्किन्छ भनिन्छ । यसैकारण होला संसारका बिभिन्न क्षेत्रका चर्चित पुरुषहरु कुन ब्राण्ड वा मोडलको घडी बाध्छन् भन्ने कुरा चर्चाको बिषय बन्ने गरेको छ । अझ घडीका कुनै–कुनै ब्राण्ड त बिलासिता, रवाफ र प्रतिष्ठाकै बिषयसमेत बन्ने गरेको छ ।
बिश्व बिख्यात म्यागजिन फोब्र्सको संसारका सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीको ६४ औं नम्बरमा परेको रोलेक्स घडी एउटा त्यस्तै ब्राण्ड हो । रोलेक्स एसए नाम गरेको बिलासी स्विस घडी निर्माता कम्पनीले बनाउने रोलेक्स घडी सन् १९०५ देखी लन्डनमा बनाउन शुरु गरिएको थियो । तर, सन् १९१९ देखि यो घडीको उत्पादन स्वीट्जरल्याण्डबाट गर्न थालिएको थियो ।
हान्स विल्सडोर्फ फाउन्डेसनको स्वामित्वमा रहेको यस कम्पनीले कर्पोरेट कर तिर्दैन । किनकि यो घडी निर्माता कम्पनीको मालिक नाफामुलक कम्पनी होइन । फाउन्डेसन हो । जसले कर तिर्नुपर्देन ।
यो फाउन्डेसन स्थापनाको पनि रोचक प्रसंग छ । हान्स विल्सडोर्फको श्रीमतीको सन् १९४४ मा निधन भयो । हान्सले सोभन्दा अगाडि नै रोलेक्स एसए कम्पनी स्थापना गरिसकेका थिए । तर श्रीमती निधनपछि उनले आफ्नो नाममा फाउन्डेसन खोली सो कम्पनीलाई फाउन्डेसन मातहत ल्या.एका थिए ।