तनहुँको बेरुवाटार बस्ने १६ वर्षीय सलीना मियालाई अचम्मको रो ग लागेको छ ।सानोमा शरीरमा सानासाना फोका आएका र ती फोका निको नहुदा अहिले यस्तो रो गमा परिणत भएको छ ।
बाबुआमाले निकै ठाउँ उपचार गरेको र धेरै पैसा खर्च गर्दासमेत रो ग निको भएको छैन ।९ कक्षामा पढ्ने सलीना बिहान स्कुल जाने,स्कुलबाट फर्किएपछि घरै बस्ने कतैपनी कोहिसंग घुम्न,डुल्न उनी जान्नन् ।सलीनाको शरीर भरी यस्तो कत्ला जस्तो देखिने रो ग लागेपछि उसले साथीहरू बनाउन सकिनन ।कोहि पनि उनीसँग नजिक आएर खेल्न,रमाउन मान्दैनन् ।
सानैदेखि जीउमा आएको फोका बिग्रीएपछी शरीर भरी कत्ला जस्तो देख्न थालेको हो ।आफुलाइ यस्तो निको हुन नसकेको रोग लागेपछि जिन्दगीप्रतिको आफ्नो इच्छा चहाना नै म रि सकेको उनी बताउछिन् ।धेरै घाममा हिड्दा आफुलाई निकै गा ह्रो हुने तर अन्य समयमा तेस्तो धेरै गाह्रो नहुने उनी बताउछिन् ।
शरीरको रो ग गर्मीमा चाहिँ पट्पटी फुट्ने,र गत समेत आउने उनकी आमाले बताइन् ।आमाको अनुसार आफू सुत्केरी भएको ८ दिनदेखि अस्पताल धाउन थालेको अहिलेसम्म पनि रो ग निको हुन नसकेको पाइयो ।
यसरी सानै उमेरदेखि यस्तो रोग लागेर बसेकी सलीनाले जिन्दगीको मजा र जिन्दगीको रस भोग्नै पाएकी छैनन् ।उनको यस्तो रोग कहिपनि नदेखिएको र डाक्टरले पनि निको पार्न नसक्दा उनले यो रो गसंगै लिएर बाँची रहनु परेको छ ।
भिडियो हेर्नुस् :-