ट्रकले ठ क्कर दिदा आमा र छोराको मृ’त्यु


बुटवल । रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठ’क्क’र दिँदा आमाछोराको मृत्यु भएको छ ।पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठ’क्क’र दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठ’क्कर दिएको थियो।

ट्रकको ठ’क्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठ’क्कर दिएको स्थानीयले बताएका छन्।

ठ’क्कर दि’ने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। फाइल फोटो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post