औषधी गर्न जान्छु भनी हिडेकी महिला नगद र गरगहना सहित बेपत्ता

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं.७ बामरुक बाट विवाहित महिला पाँच दिन देखि बेपत्ता भएकी छिन। बामरुक निवासी कृष्ण भुसालकी श्रीमती जमुना भुसाल पाँच दिन अघि घरबाट औषधी गर्न जान्छु भनी हिडेकी र आजको मिति सम्म घर फर्केर नआएको घरपरिवारले जानकारी दिएका छन।

जमुना भुसालले केहि नगद र गरगहना सहित लापत्ता भाको खबर प्राप्त भएको छमाईतीघरबाट फोन गर्दा घरमा छु भन्ने तर घर परिवार सँग सम्पर्कमा नआउँदा घर परिवार अत्यन्तै चिन्तित भएका छन्। तेसैले तस्विरमा देखाइएकी महिलालाई कहिं कतै देख्नु वा भेट्नु भएमा तल उल्लेखित नम्वरहरु सम्पर्क वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौँ।

सम्पर्क नम्बरहरु:- धर्म केसी 9863224963 , कृष्ण भुसाल 9840966538 , डिल बहादुर खत्री 9847235702

Post a Comment

Previous Post Next Post