सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्युसप्तरी, ६ असोज – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनिता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ
मृतक दिदीभाई हुन् ।घरमा राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल उपचारको लागि लगिएको थियो ।
सुनिताको उपचारका क्रममा उमाप्रसाद स्मारकमै र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल रिफर गरेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए
एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******