दाजुभाइ नहुँदा छिमेकीले श’व छुन नमानेपछि, दुई दिदीबहिनीले बुबाको आफैंले यसरी गरे दा’हसंस्कार…

आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह-संस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए ।

श’व नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर सं’स्कारअनुसार श’वयात्रा गरी तवाखोलाको घाटमा दा’ह-संस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गु’जारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो ।

Post a Comment

Previous Post Next Post