यी हुन् मृगौला फेल हुन लागेका प्रारम्भिक संकेत, यी उपायबाट सकिन्छ बच्न

काठमाडौँ । हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ। त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ। त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक छः

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । डाक्टर अबरार मुल्तानीले यस्तै ६ संकेतका बारेमा बताएका छन्ः

-पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

– शरीरमा सुजन आउनु, विशेषगरी अनुहारमा ।

– मन स्थिर नहुनु वा वान्ता हुनु ।

– रक्तचाप अचानक बढ्नु ।

– निरन्तर रगतको कमी हुँदै जानु ।

– तौल अचानक कम हुनु ।

सक्रिय रहनुस्ज

ब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नु हुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ

मधुमेहको स्तर

रगतमा ग्लुकोजको स्तर बढ्नुले मधेमेह जस्ता रोगको खतरा त बढ्छ नै, यसबाट किड्नीका आन्तरिक नलिकाहरु पनि नष्ट हुन सक्दछ। यी नलिकाहरुमा हानी पुग्दा त्यसले रक्तप्रवाहलाई राम्रोसँग फिल्टर गर्न सक्दैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post